Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तालिबान लडाकु र सशस्त्र समूहबीच गोली हानाहान, ७ बालबालिकासहित १७ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भएको भिडन्तमा परी १७ जनाको मृत्यु भएको छ । जसमा ७ जना बालबालिका समेत रहेको बताइएको छ।

स्पुटनिक समाचारका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, सात पुरुष र सात बालबालिका गरी १७ जना रहेका छन् । उनीहरुको शव हेरात प्रान्तको एक अस्पतालमा लगिएको समाचारमा जनाइएको छ । उनीहरु सबैको गोली लागेर मृत्यु भएको हो ।

स्रोतका अनुसार तालिबानले हेरातमा आइतबार विशेष कारबाही गरेको थियो । त्यसको जवाफमा स्थानीय समूहलाई लक्षित गरी भएको उक्त कारबाहीमा कम्तीमा तीनजना अपराधी मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077