Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्डले भने- नेपालको 'नेशनल इन्ट्रेष्ट'मा भारतले सम्मान गर्नुपर्छ (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इण्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एकअर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याई सहयोग गर्ने प्रक्रियाको शुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उनको भनाइ छ ।

‘यदि नेपालको नेशनल इन्ट्रेष्टमा भारतले बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ, प्रचण्डले भने, 'नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेशनल इन्ट्रेष्टलाई बाधा पुर्‍याएको छैन बरु त्योसँग सहयोगी हुन मद्दत गरेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077