Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चिनियाँ विदेशमन्त्री वाङ र तालिवान सरकारका उपप्रधानमन्त्री बरादरबीच भेट, के भयो कुराकानी ?

    चिनियाँ विदेशमन्त्री वाङ र तालिवान सरकारका उपप्रधानमन्त्री बरादरबीच भेट, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी – कतार भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले तालिवानको अन्तरिम सरकारको प्रतिनिधिमण्डलसँग भेटघाट गरेका छन्।

    चिनियाँ स्टेट काउन्सिलर यीले कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको निमन्त्रणामा २५ देखि २६ अक्टोबरसम्म कतार भ्रमणमा गएका थिए।



    विदेशमन्त्री यीले सोमबार तालिवान सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरसँग भेट गरेका हुन्। भेटमा यीले अफगानिस्तान हाल कठिन अवस्थामा रहेको बताएका छन्। चुनौतीकाबीच अफगानिस्तानमा सुशासन कायम गर्ने अवसर रहेको पनि उनले जानकारी दिएका छन्।



    यससँगै यीले अफगानिस्तानको मानवीय संकट, आर्थिक कठिनाई, आतङ्ककको खतरा र सुशासनका कठिनाइ जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन आवश्यक रहेको बताए।

    वाङले तालिबान सरकारले खुलापन र सहिष्णुता देखाउने, सबै जातीय समूह र गुटहरूलाई शान्तिपूर्ण पुनर्निर्माणका लागि मिलेर काम गर्न र महिला र बालबालिकाको अधिकार र हितको प्रभावकारी संरक्षण गर्ने आशा व्यक्त गरे।

    चिनियाँ अधिकारीले तालिबानलाई आफ्ना छिमेकी देशहरूप्रति मैत्रीपूर्ण नीति अपनाउन र जनताको चाहना र समयको प्रवृत्ति अनुरूप आधुनिक देश निर्माण गर्न पनि आग्रह गरे।

    चीनले सधैं अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने र अफगान जनतालाई स्वतन्त्र रूपमा आफ्नो भाग्य आफै निर्धारण गर्न र विकासको बाटो रोज्न समर्थन गर्छ वाङले बताए।

    अफगानिस्तानको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने र स्वार्थ, लाभ वा प्रभावको क्षेत्र नखोज्ने चीनले अफगानिस्तानका सबै जनताप्रति दृढताका साथ मैत्रीपूर्ण नीति अपनाउने र स्थायित्व र देशको पुनर्निर्माणका प्रयासहरूलाई समर्थन गर्ने चिनियाँ कूटनीतिज्ञले बताए।

    उपप्रधानमन्त्री बरादरले अहिलेका लागि, चिकित्सा संस्थाहरू, एयरपोर्टहरू र अन्य ठाउँहरूमा महिलाहरूले आफ्नो काम पुनः सुरु गरिसकेको बताए। साथै धेरै प्रान्तहरूमा प्राथमिक र माध्यमिक विद्यालयहरूमा केटीहरू स्कूल फर्केको र उनीहरूले अझै पनि सुविधा र कोषको अभाव जस्ता कठिनाइहरूको सामना गरिरहेको बताएका छन्।
    बरादारले अफगानिस्तानलाई मानवीय संकटबाट पार पाउन र विकासको सही बाटोमा फर्काउन चीन र अन्तर्राष्ट्रिय समुदायले सहयोग बढाउने विश्वास व्यक्त गरे।

    उनले अफगानिस्तानको महत्वपूर्ण छिमेकी चीनले अप्ठ्यारो समयमा अफगानिस्तानप्रति देखाएको सम्मान र मित्रताका लागि धन्यवाद पनि व्यक्त गरे।

    ‘चीनप्रति मैत्रीपूर्ण नीति अपनाउनु तालिबान सरकारको दृढ विकल्प जसले चीनसँग विभिन्न क्षेत्रमा सहयोग सुदृढ गर्ने आशा राखेको छ,’ उनले भने।

    ‘तालिबानले चीनको सुरक्षा चासोलाई ठूलो महत्त्व दिन्छ, आफ्नो प्रतिबद्धतालाई दृढताका साथ सम्मान गर्नेछ र चीनलाई हानि पु¥याउन अफगान भूमि प्रयोग गर्न कसैलाई वा कुनै शक्तिलाई कहिल्यै अनुमति दिने छैन,’ बरादारले थपे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार