Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

विवादमा रहेका प्रधानन्यायाधीशले तोके संवैधानिक इजलाससम्बन्धी मुद्दाको सुनुवाइ

काठमाडौँ । अधिवक्ता डा. गणेश रेग्मीले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न माग गर्दै दायर गरेको मुद्दामा सुनुवाइ तोकिएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलास उक्त मुद्दाको पेसी तोकेका हुन् ।

गत भदौं १६ मा गते अधिवक्ता रेग्मीको मुद्धामा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न आदेश गरेको थियो।आदेशमा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनबाट चार वरिष्ठ अधिवक्तालाई एमिकस क्युरी (अदालतका सहयोगी) झिकाउने आदेश गरेको थियो।

तर, दुवै बारले एमिकस क्युरी नपठाएपछि मुद्दामाथिको सुनुवाइ अगाडि बढ्न सकेको छैन । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको विषयलाई लिएर प्रधानन्यायाधीश जबराको चर्को आलोचना हुँदै आएको छ।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद् सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो । पछि प्रधानन्यायाधीश जबराले सो मुद्धाको सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने भन्दै इजलासमा सहभागी नहुने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077