Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दिल्लीमा कांग्रेस महामन्‍त्री कोइराला र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका नेता कोइरालाले मंगलबार भारतको राजधानी नयाँदिल्लीमा भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटेका हुन् ।

यसअघि चौथावालेको निमन्त्रणमा कांग्रेस सहमामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कांग्रेसका ३ जना नेताहरू भारत भ्रमणमा गएका थिए।

उनी निकट स्रोतका अनुसार दिल्ली पुगेका उनले मंगलबार नेता प्रदीप गिरीलाई भेटेका छन् ।

कांग्रेस नेता गिरी पछिल्लो तीन महिनादेखि दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका छन् । कोइरालाको साथमा कांग्रेस नेता पूर्वमन्त्री दिपक गिरीलगायतका नेताहरू भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077