Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस बैठक : देउवा र पौडेलबीच भनाभन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न मंगलबार केन्द्रीय निर्वाचन समितिको आह्वानमा बसेको बैठकमा पार्टीका सभापति शेरबहादुर देउवार वरिष्ठ नेता रामचन्द्र पौठेलबीच भनाभन भएको छ।

सो बैठकमा प्रधानमन्त्रीसमेत रहेका देउवा र पौडेल एकअर्काविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए। देउवाले पहिले पौडेललाई ‘तपाईं जथाभावी बोल्दै हिँड्नुहुन्छ ? मैले कहाँ महाधिवेशन नगरौं भनेको छु ? तपाईं जे पायो त्यही बोल्नुहुन्छ,’ भन्दै हप्काएका थिए।

त्यसपछि रन्किएका पौडेलले प्रतिवाद गर्दै भने, ‘महाधिवेशन त समयमै गर्नु प¥यो नि ! विधान त मान्नु प¥यो नि ! तपाईं त्यस्तै चरित्र देखाउनुहुन्छ।’ सार्वजनिक कार्यक्रममा पौडेलले यसअघि नेतृत्वका कारण महाधिवेशन अन्यौलमा परेको आरोप लगाउँदै आएका थिए। देउवाले सोही अभिव्यक्तिहरुमाथि आफ्नो आक्रोश देखाएका थिए।

बीचमा परेका अर्का नेता कृष्ण सिटौलाई निर्वाचन समितिलाई नेताहरु झगडा बिर्सिएर आफ्नो काम अघि बढाउन आग्रह गरे। केहीबरेको भनाभनपछि देउवाले पनि मंसिरभित्रै महाधिवेशन गर्नेगरी तयारी गर्न समितिलाई आग्रह गरे।

बैठकपछि पौडेलले मंसिरभित्रै महाधिवेशन गर्नुपर्छ भन्नेमा सहमत भएको र आफूले केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेको जानकारी दिए। बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिलबहादुर थापालगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077