Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाले तोके संवैधानिकसहितका ११ इजलास, के भन्छन् त राजिनामा माग्ने न्यायाधीशहरु ?

काठमाडौँ । चौतर्फी विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा बुधबारको पेसी तोकेका छन् । बुधबारका लागि प्रधानन्यायाधीश जबराले ११ वटा इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका हुन् । जसमा उनले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका छन् । त्यस्तै जबराले आफ्नो एकल इजलास पनि तोकेका छन्।

यस्तै, प्रधानन्यायाधीश जबराले अन्य न्यायाधीशहरुका लागि नौ वटा इजलासमा पेसी तोकेका छन् । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई, वमकुमार श्रेष्ठ र कुमार चुडाल , टंकबहादुर मोक्तान, कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास तोकेका छन्।

पछिल्लो समय सर्वोच्चका १५ न्यायाधीशहरु जबराको राजिनामा माग गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीशले राजिनामा नदिएसम्म सर्वोच्च अदालतमा बहस नगर्ने यदी त्यसो गर्दा पनि नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

तर, प्रधानन्यायाधीश जबराले भने आफूले पदबाट राजिनामा नदिने अडान व्यक्त गर्दै आएका छन्। उनीबिरुद्ध मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077