Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

२ वर्षअघि साथीको हत्या गरेर लुक्दैछिप्दै आएका जय ललितपुरको च्यासलबाट पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्यामा संलग्न फरार एक अभियुक्तलाई २ बर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गा.पा १ फुलबारी घर भएका २४ बर्षिय जय सिंगार रहेका छन्।

माहाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार दुई बर्षअघि २०७६ साउन २८ गते ललितपुरमा मृत फेला परेका उदयपुर कटारीका हरी खड्कालाई साउन २५ गते बेलुका कुमार थिङ भन्ने मान कुमार थिङसहितका व्यक्तिहरुले कुटपिट गरि हत्या गरेका थिए ।

घटनामा संलग्न ५ जना अभियुक्तहरुलाई यसअघि नै महाशाखाले पक्राउ गरेकोमा फरार रहेका सिंगारलाई बुधबार ललितपुरको च्यासलबाट पक्राउ गरेको एसपी कोइरालाले बताए।

पक्राउ परेका सिंगारलाई आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077