Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विवाह गर्दै कट्रिना कैफ, को हुन् बेहुला ?

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफले विवाह गर्ने भएकी हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले यही वर्षको डिसेम्बरमा विवाह गर्ने योजना बनाएकी हुन्।

कट्रिनाले अरु कोहीसँग नभएर आफ्ना प्रेमी अभिनेता विक्की कौशलसँग बिहे गर्न लागेकी हुन्। उनीहरुको प्रेम सञ्चारमाध्यममा निरन्तर चर्चाको विषय बनिरहेको छ। यसो त कट्रिना र विक्कीले अगष्ट १८ मा इन्गेजमेन्ट गर्ने खबर आएको थियो।

अहिले भने यो जोडी बजारमा आएका हल्लालाई वास्तविकतामा परिणत गर्ने सोचमा छन्। विवाहबारे दुईजनाले अहिलेसम्म केही बोलेका छैनन्।

स्रोतका अनुसार विक्की र कटरीनाले विवाहको तयारी सुरु गरिसकेका छन्। दुवैको विवाहको कपडा सब्यसाची डिजाइन गरिरहेका छन्। उनीहरुले कपडाको फ्रेब्रिक छनोट गरिसकेका छन्। कटरीनाले एक रो सिल्क नम्बरको लेहंगा अर्डर दिइसकेकी छन्।

विक्की र कटरीना आजकल प्रायः सँगै भेटिन्छन्। कैयौंपटक विक्की कटरीनाको घरमा पुगेका छन्। हालैमात्र उनीहरु ‘सरदार उधम’को स्क्रिनिङमा पुगेका थिए। त्यहाँ उनीहरुले अंकमाल गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077