Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ। लम्सालको बिहीबार बिहान निधन भएको हो।

८४ वर्षीय लम्सालको चाबहिलको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।

लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए। उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ।

स्वास्थ्यमा समस्या आएपछि लम्साल मेडिकेय अस्पताल भर्ना भएका थिए। उनी केही दिनदेखि अस्पतालमै उपचाररत थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077