Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तरकारी खरिद गर्दा गरिब किसानलाई नक्कली नोट भिडाउने व्यापारी पक्राउ

रामनारायण यादव / जनकपुरधाम । महोत्तरीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाले विहीबार विहान गौशाला बजारबाट करीब ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ नेपाली र २ लाख ८० हजार ९ सय २९ रुपैयाँ भारतीय नोटसहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नम्वर ९ डुवरवन्नाका ४४ बर्षिय (तरकारी व्यापारी) सुकन महतो रहेका छन् । तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना वाहिर आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

उनको गौशालास्थित डेरामा खानतलाशी गर्दा सो रकम फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले बताए ।

पक्राउ परेको महतो र बरामद भएको नक्कली नोट बिहीबार जलेश्वरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिने तयारी भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077