Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीता नदीले बेपत्ता बनाएको युवकको शव भारतमा भेटियो

राजविराज । एक साता अघि सप्तरीको जीता नदीमा आएको बाढीमा डुबेर बेपत्ता युवकको शव भारतमा भेटिएको छ ।

केही दिनअगाडि लगातारको बर्षाका कारण जीता नदीमा आएको बाढीमा डुबेर जिल्लाको हनुमानगर कंकालिनी नगरपालिका वडा नम्वर ९ बस्ने २३ बर्षीय लालु मण्डल कात्तिक ३ गते नदी तर्ने क्रममा वेपत्ता भएका थिए ।

सोही नगरपालिकाको वडा नम्बर १४ स्थित जीता खोलाले बगाउँदा वेपत्ता भएका मण्डलको शव भारतको कुनौलीमा पर्ने जीता नदीमै फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार शव केही सडेको अवस्थामा भेटिएको छ । शवको मुचुल्कासहित कानुनी प्रक्रिया भारतमै पूरा गरिने उनले बताए ।

कानुनी प्रक्रिया पूरा भएपछि शवलाई नेपाल ल्याउनका लागि पहल भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077