Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चीनको टेलिकममाथि अमेरिकी प्रतिबन्ध, ‘सम्बन्ध बिग्रने चिनियाँहरुको चेतावनी’

    चीनको टेलिकममाथि अमेरिकी प्रतिबन्ध, ‘सम्बन्ध बिग्रने चिनियाँहरुको चेतावनी’

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको ‘चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन’ भएको प्रतिक्रिया दिएको छ।

    बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको छ।



    वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग ‘गम्भीर प्रतिनिधित्व’ गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताएका छन् ।



    चाइना टेलिकम चीनको टेलिकम बजारमा बर्चश्व कायम गर्ने तीन ओटा कम्पनीहरुमध्ये एउटा महत्वपूर्ण कम्पनी हो ।

    यस कम्पनीका ११० देशमा लाखौं ग्राहक छन् । कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट, मोवाईलदेखि लेनलाइन टेलिफोन सेवा उपलब्ध गराउदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार