Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकाले गर्यो चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको लाइसेन्स रद्द

    अमेरिकाले गर्यो चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको लाइसेन्स रद्द

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो ।

    झन्डै २० वर्षदेखि सेबा दिँदै आएको चाइना टेलिकमले अमेरिकी निर्णयलाई कम्पनीले दुर्भाग्यको संज्ञा दिएको छ । प्राप्त समाचारका अनुसार रद्द भएसँगै चाईन टेलिकमले अमेरिकाबाट अबको ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ ।



    कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् ।



    ‘हाम्रो सेवालाई निरन्तर दिन प्राप्त सबै विकल्प प्रयो गर्नेछौ,’ चाइना टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चाइना टेलिकम चीनको टेलिकम बजारमा बर्चश्व कायम गर्ने तीन ओटा कम्पनीहरुमध्ये एउटा महत्वपूर्ण कम्पनी हो ।

    यस कम्पनीका ११० देशमा लाखौं ग्राहक छन् । कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट, मोवाईलदेखि लेनलाइन टेलिफोन सेवा उपलब्ध गराउदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार