Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकाले एसिया प्यासिफिक देशलाई आफुविरुद्ध उक्साइरहेको चीनको आरोप

    अमेरिकाले एसिया प्यासिफिक देशलाई आफुविरुद्ध उक्साइरहेको चीनको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी। अमेरिकाले एसिया प्यासिफिक क्षेत्रका देशहरूको समर्थन जुटाएर आफ्नो विरुद्धको वातावरण बनाउन खोजेको चीनले जनाएको छ ।

    चीनले बहुपक्षीयताको बहानामा अमेरिकाले यी देशहरूलाई आफ्नो विरुद्धमा गरिरहेको बताएको छ ।



    चीनका रक्षामन्त्री जनरल वेई फेङले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको भनाइको विरोध गरेका छन्, जसमा उनले ताइवानमाथि चीनले आफ्नो अधिकार दाबी गरेर क्षेत्रमा अस्थिरता सिर्जना गरिरहेको बताएका छन् ।



    अस्टिनले इन्डो-प्यासिफिक क्षेत्रका देशहरूसँग बहु-स्तरीय गठबन्धनमा जोड दिएका थिए।

    अस्टिनले साङ्ग्रीला संवादमा इन्डो–प्यासिफिक क्षेत्रका देशहरूसँगको सहकार्यलाई मजबुत बनाउने इच्छा व्यक्त गरेका थिए । तर, चीनका रक्षामन्त्रीले अमेरिकाको यो प्रयास आफ्नो देशलाई कुनामा धकेल्न गरिएको बताएका छन् ।

    उनले बहुपक्षीयताको नाममा कुनै पनि देशले आफ्नो इच्छा अरु कुनै देशमा थोपाउन नहुने र कसैलाई जबरजस्ती आफ्नो दृष्टिकोण राख्न नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार