Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चीनले बनायो अहिलेसम्मकै नयाँ प्रविधिको मिसाइल, अमेरिकामाथि जुनसुकै बेला हमला हुन सक्ने

    चीनले बनायो अहिलेसम्मकै नयाँ प्रविधिको मिसाइल, अमेरिकामाथि जुनसुकै बेला हमला हुन सक्ने

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । अमेरिकी एक बरिष्ठ सैन्य अधिकारीले चीनले जुनसुकै बेला पनि आफूहरुमाथि आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन्।

    अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले चीनले केही महिना अघि गरेको हाइपरसोनिक मिसाइल परीक्षण संसारभर पुगेको भन्दै अमेरिकामाथि अकस्मात् हमला गर्न सक्ने बताएका हुन्।



    पछिल्लो समय चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई पनि हमला गर्न सक्ने बताए।



    एक अमेरिकी टेलिभिजनको कार्यक्रममा उनले भनेका छन्, ‘केही महिना अगाडि चीनको मिसाईल विश्वभर पुगेर पुनः चीनमै फर्कियो, उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ ।’

    यस्तै, चीनले बिकसित गरेका हतियारहरु नयाँ प्रविधिका रहेको उनको भनाइ छ । ताइवानबारेको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार