Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रुस–युक्रेन युद्धमा चीनको तटस्थताको दाबीमाथि अमेरिकाले प्रश्न उठायो

    रुस–युक्रेन युद्धमा चीनको तटस्थताको दाबीमाथि अमेरिकाले प्रश्न उठायो

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.2K
    SHARES

    एजेन्सी। रुसले युक्रेनमा आक्रमण गरेको १०० दिनभन्दा बढी भइसकेको छ । यस अवधिमा अमेरिका र बेलायतलगायत अधिकांश युरोपेली देशहरूले युक्रेनप्रति आफ्नो सहानुभुती राख्दै सहयोगको प्रतिबद्धता कायम राखेका छन्।

    तर, चीनले सुरुदेखि नै शान्तिपूर्ण समाधानको पक्षमा रहेको भन्दै आएको छ । चीनले यस सम्बन्धमा आफ्नो भूमिका तटस्थ राखेको छ।



    यसैबीच, जुन १५ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनमा कुराकानी भएको एएफपी समाचार संस्थाले जनाएको छ। सी जिनपिङले पुटिनलाई आफ्नो देशको सुरक्षा र सार्वभौमसत्ताको लागि बेइजिङको समर्थनको आश्वासन दिएका छन्।



    यसमा अमेरिकाले चेतावनी दिएको छ । युद्धमा रुसको साथमा रहेका देशहरूले ‘इतिहासमा गलत पक्षलाई समर्थन गरिरहेको’ देशको रूपमा हेरिने अमेरिकाको भनाइ रहेको छ ।

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले चीनले आफू तटस्थ रहेको दाबी गरे पनि अर्कोतर्फ उसको व्यवहारले रुससँगको सम्बन्धलाई गहिरो बनाउँदै लगेको स्पष्ट संकेत दिएको बताए ।

    चिनियाँ भन्सार तथ्याङ्कका अनुसार रुससँगको चीनको द्विपक्षीय व्यापार अघिल्लो वर्षको तुलनामा वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार