Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जापानको टोकियो नजिकै ज्वालामुखी विष्फोट, दोस्रो विश्वयुद्धका २४ युद्धपोत जहाज बाहिर निस्किए

    जापानको टोकियो नजिकै ज्वालामुखी विष्फोट, दोस्रो विश्वयुद्धका २४ युद्धपोत जहाज बाहिर निस्किए

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 2K
    SHARES

    एजेन्सी । जापानको राजधानी टोकियो नजिकै रहेको प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट भएको छ।

    जापानको अल निप्पो न्यूजका अनुसार बिष्फोटपछि २ दर्जन भुताहा जहाज बाहिर निस्किएका छन् । समाचारका अनुसार टोकियोबाट १२०० किलोमिटर दक्षिण प्रशान्त महासागरमा रहेको इयो जिमा द्विपनजिकै विष्फोट भएको हो।



    बिष्फोटपछि दोस्रो विश्वयुद्धका २४ युद्धपोत देखिएको समाचारमा जनाइएको छ । बिष्फोटअगि यी समुद्रभित्र डुबेका थिए । तर, फुकुतोकु ओकानोबा ज्वालामुखी विष्फोट र भूकम्पका कारण यी जहाजहरु बाहिर निस्किएका हुन् ।



    १९४५ मा भएको भयानक दोस्रो विश्वयुद्धमामा अमेरिकी सेनाले कैयौं जहाज डुबाइदिएको समाचारमा उल्लेख छ। जसमा ७० हजार अमेरिकी मरिनले २० हजार जापानी सैनिकसँग युद्ध गर्दा २० हजार अमेरिकी मरिन घाइते भएका थिए ।

    करिब ७ हजार मरिन मारिएका थिए भने जापानी सैनिकमध्ये केवल २१६ जना मात्र बचेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार