Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ग्वाटेमालामा ज्वालामुखी विष्फोट, विमानस्थल र प्रमुख राजमार्ग बन्द

    ग्वाटेमालामा ज्वालामुखी विष्फोट, विमानस्थल र प्रमुख राजमार्ग बन्द

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 726
    SHARES

    फाइल तस्विर

    एजेन्सी । मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ ।

    विस्फोटपछि लाभा र खरानी फैलिएको छ । आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न बाध्य पारेको छ ।



    फुएगो नामको ज्वालामुखी शनिबार र आइतवार राति सक्रिय भयो । पग्लिएको चट्टान र धुवा आकाशमा दुई किलोमिटरमाथिसम्म पुगेको थियो । बतासले खरानीलाई ३५ किलोमिटर ९२२ माइल० टाढा ग्वाटेमाला सिटी तर्फ पुर्याएको थियो ।



    राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ । धावनमार्गनजिकै खरानी फैलिएको थियो ।

    कम्तीमा दुई आगमन उडानहरू डाइभर्ट गर्नुपरेको उड्डयन स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार