Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् तरकारी खरिद गर्दा गरिब किसानलाई नक्कली नोट भिडाउने व्यापारी

रामनारायण यादव / जनकपुरधाम । प्रहरीले महोत्तरीबाट नक्कली नोटसहित पक्राउ परेका एक व्यक्तिलाई सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वाजनिक गरिएको हो ।

विहीबार विहान गौशाला बजारबाट करीब ८ लाख ८२ हजार ४ सय २० रुपैयाँ नेपाली र २ लाख ७७ हजार ९ सय ७० रुपैयाँ भारतीय नोट सहित एक उनलाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले टोलिले पक्राउ गरिएको हो ।

गौशाला नगरपालिका वडा नम्वर ९ डुमरवाना घर भई हाल गौशाला नगरपालिका वडा नम्वर ५ गौशाला बजार स्थित महावीर दासको घरको भुई तल्लामा एउटा कोठा डेरा गरी बस्ने ४४ वर्षीय सुकन महतोलाई प्रहरी प्रक्राउ गरिएको हो ।

महतोको डेराबाट प्रहरीले विभिन्न दरको नेपाली सक्कली ५ हजार ७० रुपौया, विभिन्न दरको भारू सक्कली नोट २६ रुपैया, कैची थान १, प्रिन्टर मेशिन थान १, रवर स्टाम्प थान १, लालीगुरास छाप भएको फलामको ढ्याक थान ३, महात्मागान्धी भएको फलामको ढ्याक थान १, कम्प्युटर पेपर ३ रिम र काठको ट्रेस फर्मा थान २ प्रहरीले बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077