Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी गराउने

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीले आगामी मङ्सिरमा गर्न लागेको दसौँ राष्ट्रिय महाधिवेशनमा सो संख्यामा प्रतिनिधिहरु सहभागी गराउने निर्णय गरेको हो।

बिहीबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने जानकारी दिएका छन्।

भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने छन्। बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077