Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रड र गोली प्रहार गरी लाखौं नगद र गरगहना चोरीमा संलग्न मुख्य योजनाकार पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले डकैतीका मुख्य योजनाकारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको पुनरवास नगरपालिका वडा नं. २ बस्ने ४२ वर्षका कारी पासवान भन्ने बिश्वनाथ पासवान रहेका छन्।

पासवानसहित ९–१० जनाको समूहले महोत्तरी सम्सी गाउँपालिका वडा नं. ०१ पर्सा बजारमा बस्ने ५७ वर्षीय बिरेन्द्र साहले आफ्नो घरमा सञ्चालन गरेको राजिव ज्वेलर्स सुनचाँदी पसलमा चोरी गरेका थिए।

उनीहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरेर बिरेन्द्र साह, उनको श्रीमती तथा छोराछोरीलाई रड प्रहार गरी घाइते बनाएका थिए।

त्यस्तै साहमाथि कटुवा पेस्तोलबाट गोली हानी ८,९७,२०० बराबरको नगद तथा सुनचाँदीका गरगहनाहरु लुटेका थिए।

घटनाबारे जानकारी पाउनेबित्तिकै अनुसन्धानमा खटिएको प्रहरी टोलीले पासवनलाइृ पक्राउ गर्न सफल भएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए।

पासवान सो घटनाका मुख्य योजनाकार रहेको एसपी आचार्यले बताए। घटनामा संलग्न अन्य व्यक्तिहरु खोजी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077