Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रधानन्यायाधीशविरुद्ध आक्रामक बन्दै बार, सर्वोच्चमा छिर्नै नदिने तयारी

    प्रधानन्यायाधीशविरुद्ध आक्रामक बन्दै बार, सर्वोच्चमा छिर्नै नदिने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसन आक्रामकरुपमा प्रस्तुत हुने भएको छ। जबराको राजीनामा माग गर्दै आएको बारले थप आन्दोलन घोषणा गर्ने तयारी गरिरहेको छ।

    बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बारको कार्यसमितिको बैठक बसेर बस्ने र त्यसबाट जबराविरुद्ध थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जानकारी दिएका छन्।



    चौतर्फी आलोचना हुँदा पनि जबराले राजीनामा दिने मनसायन देखाएपछि बारले प्रभावकारी आन्दोलन गर्ने तयारी गरेको बुझिएको छ। जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरिएको थियो।



    प्रधानन्यायाधीश जबरामाथि कार्यकारीसँग संवैधानिक निकाय र मन्त्रिपरिषद्मा भाग लिएको, आफ्नो स्वार्थ जोडिएका मुद्दाको सुनुवाइ अनिश्चितकालसम्म स्थगित गराएको, न्यायपालिकामा भएका विकृति विसंगति सुधार गर्ने कार्यमा आफैं बाधक बनेको, पेसी सूची प्रकाशन र इजलास तोक्ने विषयलाई वैज्ञानिक बनाउन अनुसन्धान समितिले दिएको प्रतिवेदन लत्याएको जस्ता आरोपहरु लागेको छ।

    पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीश, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, संवैधानिक कानुन व्यवसायी मञ्चजस्ता संस्थाहरूले जबराको नेतृत्वमा न्यायपालिकाको सुधार सम्भव नरहेको भन्दै उनको राजीनामा मागेका हुन्।

    जबराले अब पनि राजीनामा नदिए इजलास अवरुद्ध गर्नेमात्र नभएर उनलाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिनेसम्मको तयारी कानुन व्यवसायी गरिरहेका छन्।

    उता जबरा भने कुनै पनि हालतमा राजीनामा नदिने पक्षमा छन्। जबराले संवैधानिक रुपमा हटाउन चुनौती दिँदै कसैको दबाबमा आफूले राजीनामा नदिने बताइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार