Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारलाई प्रधानन्यायाधीश नियुक्त गर्न बारको दस दिने अल्टिमेटम

    सरकारलाई प्रधानन्यायाधीश नियुक्त गर्न बारको दस दिने अल्टिमेटम

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीशको नियुक्ती नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै नेपाल बार एसोसिएसनले अविलम्व प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

    बार एसोसिएसनले कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको भन्दै बुधबार पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।



    समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे प्रधान्यायाधीश नियुक्तिका लागि दबाबमुलक कार्यक्रम गर्ने बारले जनाएको छ । बारले दस दिनको अल्टिमेटम दिँदै तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको छ ।



    त्यस्तै,  प्रधानन्यायाधीश तत्काल नियुक्तीबारे ध्यानाकर्षण गराउन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने र आफूहरुले दिएको अल्टिमेटमबारे जानकारी गराउने बताईएको छ ।

    प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा लामो समयदेखि न्यायापालिका कामु प्रधानन्यायाधीशको नेतृत्वमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार