Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • २० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै

    २० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाँदै छन्। उनी २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत जान लागेका हुन्।

    स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो।



    प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र मन्त्रालयले दिएको छ। पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो।



    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन्।

    प्रधानमन्त्री नेतृत्वको टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेका छन्।

    त्यसैगरी, भ्रमण टोलीमा भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार पनि रहेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार