Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गोठबाट २ वटा बाख्रा चोरी गर्ने १८ वर्षीय युवक पक्राउ

कञ्चनपुर । चाडपर्वका बेला चोरीका घटना बढ्न थालेका छन् ।

ब्राखा चोरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरका १८ वर्षीय ओमप्रकाश भण्डारीलाई पक्राउ गरेको छ।

आज बिहान शुक्लाफाँटा–५ वनसमितिकी लक्ष्मी ऐडीको गोठबाट दुई बाख्रा चोरी गरेर लग्दै गरेका भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

प्रहरी निरीक्षक  बोहराले  चाडपर्वका बेला झलारी क्षेत्रमा चोरीका घटना बढ्न थालेको भन्दै सचेत हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077