Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पाँच दलीय गठबन्धन निर्वाचनसम्मै जान्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको प्रष्ट पारेकी छिन्।

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन)को जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनले पाँच दलको गठबन्धनको बलबाटै प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताइन्।

“अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ”, उनले भने। जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन पररास्त भएको उल्लेख गर्दै उनले गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने बताइन्।

“गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्”, मन्त्री भुसालले भनिन्, “तर हामी सचेत छौँ, निर्वाचनसम्म गठबन्धनलाई लैजान्छाैँ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077