Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारको आन्दोलनलाई चुनौती दिँदै सेतोपट्टी बाँधेर प्रदर्शन गर्ने को हुन् ?

काठमाडौं । पछिल्लो समय चौतर्फी आलोचना र विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको पक्षमा पनि प्रदर्शन भएको छ।

आइतबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा पक्षले भने हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको हो ।

नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

यसरी प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुडाललगायत रहेका छन् ।

उनीहरुले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताए ।

यता बारले भने यो तिहारअघिका आन्दोलनको कार्यक्रम भएको बताएको छ । त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077