Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजलास सुचारुको माग गर्दै रिट दर्ता गर्न सर्वोच्च पुगेका कानुन व्यवसायीलाई प्रहरीले लखेटेर माइतीघर पुर्‍यायो

काठमाडौं । सर्वोच्च अदालतमा इजलास बन्द गर्न नहुने र इजलास सुचारुको माग गर्दै रिट दर्ता गर्न सर्वोच्च पुगेका कानुन व्यवसायी र सर्वसाधरणलाई प्रहरीले लखेटेको छ।

प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्‍याएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार रिट दर्ता गर्न सर्वोच्च पुगेका सेवाग्राहीहरुलाई प्रहरीले लखेटेर माइतीघरतिर पुर्‍याएको हो। उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन् ।

यता, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबारदेखि कानुन व्यवसायीहरु हातमा कालो र सेतो पट्टी बाँधेर आन्दोलित छन।

पछिल्लो समय प्रधानन्यायाधीश जबरामाथि सर्वोच्चका अन्य न्यायाधीशहरुले राजनीतिक नियुक्तिमा भाग खोजेको, न्यायपालिकामाथि अन्याय गरेको जस्ता आरोप लगाउदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077