Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विवाहमा गीत बजाएको भन्दै गोली प्रहार, दुईजनाको मृत्यु, १० घाइते

एजेन्सी । तालीवानले अफगानिस्तान कब्जा गरेसँगै हिंसाका घटनाहरु बढिरहेका छन् । तालिवानहरुले अपराधी र भ्रष्टाचारीहरुलाई कारबाही गर्दै आएको छ । आफ्ना शासन चलाउन तालीवानले जस्तोसुकै हर्कत गरिरहेको छ । महिलाहरुमाथि विभिन्न खालका प्रतिवन्ध लगाएको तालिवानको विरुद्ध कसैले पनि आवाज उठाउने आँट गर्न सकेका छैनन् ।

पूर्वी अफगानिस्तानमा विवाहको समयमा बजाइएको गीत रोक्न भन्दै गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । उक्त घटनामा पनि तालीवान नै मुछिएका छन् । आफूलाई ‘तालिवान भन्ने बन्दुकधारी समूह’ले विवाह कार्यक्रममा गोली चलाएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुलले जनाएका छन् ।

यद्यपी तालिवानले भने उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। उक्त आक्रमण इस्लामिक स्टेटले गराएको हुन सक्ने तालिवानको आरोप छ ।

नानगहर प्रान्तको शुरख् रोडको एक स्थानमा सामूहिक विवाह भइरहेको थियो। चार जोडीको विवाहमा गीत बजाउनका लागि स्थानीय तालिवानसँग अनुमति समेत लिइएको थियो।

तालिवान प्रवक्ताले तीनजना बन्दुकधारीमध्ये दुईजना पक्राउ परेको बताएका छन्। उक्त आक्रमण इस्लाकिम अतिवादको उपज नभएको तालिवानको दाबी छ।

सन् १९९६ देखि २०११ सम्म अफगानिस्तानमा तालिवान शासन हुँदा गीत संगीत प्रतिबन्धित थियो। केही महिनाअघि मात्रै फेरि सत्ता आएको तालिवानले गीत संगीतमाथि प्रतिबन्ध भने हालसम्म लगाएको छैन।

शनिवार राति भएको घटनामा बन्दुकधारीहरुले विवाहस्थलमा भएको लाउडस्पिकरहरु फुटाउने प्रयास गरेका थिए। विवाहमा आएकाहरुले प्रतिवाद गर्न खोज्दा उनीहरुले गोली चलाएका थिए। तालिवानले भने उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077