Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाले तोके आफूबाहेक १० न्यायाधीशका लागि ६ इजलास

काठमाडाैं । पछिल्लो समय विवादमा फसेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज भने आफूलाई कुनै पनि इजलास तोकेका छैनन् ।

प्रधानन्यायाधीश राणाले सोमबार दश जना न्यायाधीशका लागि आज छ वटा इजलास तोके पनि आफ्नो लागि भने कुनै पनि इजलास नतोकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

प्रधानन्यायाधीश राणाले सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेकोलगायतका आरोपका कारण विवादको घेराभित्र फसेका उनले न्यायाधीशहरू इजलासमा उपस्थित नभए पनि उनले आफूलाई समेत इजलास तोक्दै आएका थिए ।

आइतबारदेखि नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश जबराको विरुद्धमा आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् ।

जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077