Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर गणतन्त्र उल्ट्याउने षडयन्त्र गरेको प्रचण्डको खुलासा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर गणतन्त्र र संघीयता उल्ट्याउने बताएको सुनेको जिकिर गरेका छन् ।

सोमबार काठमाडौँको कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भन्दै यस्तो जिकिर गरेका हुन्।

‘ज्ञानेन्द्रसँग भेटेर गणतन्त्र, संघीयता मलाई पहिलेदेखि मन परेको थिएन बाध्य भएर गरेको हो मौका आयो भने उल्ट्याउने हो भनेर भनेको सुने' प्रचण्डले भने, स्थिति कहाँसम्म पुग्या रहेछ हेर्नुस् ।’

प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको प्रचण्डको भनाइ छ । ‘केपी ओलीसँग एकता गरेर गल्ती गरियो भन्ने आवाज छ । तर, हाम्रो विचार, नीति सही थियो नि ।

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको बताउँदै प्रचण्डले भने, ‘ ६ वटै प्रदेशमा ओलीः प्रवृत्ति परास्त भयो । के हो माओवादी भन्ने कुरा थाह भयो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077