Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाल यौन दुराचार मुद्धाका फरार विश्वकर्मा पक्राउ

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले बाल यौन दुरुपयोग मुद्दाका फरार एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँके जिल्ला खजुरा गापा-३ घर भइ मनकामना बस्ने २३ बर्षीय सुमन विश्वकर्मा रहेका छ न्।

प्रहरीका अनुसार विश्वकर्मालाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत बाँकेले २०७६ मङ्सिर ०३ गते ५ महिना ६ दिन कैदको फैसला गरेको थियो।

अदालतको फैसलापछि फरार रहेका विश्वकर्मालाई आज जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077