Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पार्टी सभापति टीका लगाएर दिने कुरा होइन, मधेशी नै बने पनि फरक पर्दैन: रामचन्द्र पौडेल

जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा प्रतिपक्षीको सामना गर्न सक्ने नेतृत्वको आवश्यक्ता रहेको बताएका छन् ।

नेपाल प्रेस यूनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले पार्टीमा अहिलेको आवश्यक्ता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको आवश्यता रहेको बताए ।

पार्टी सभापति कसैलाई भागबण्डामा बनाउने कुरा नभएको भन्दै पौडेलले कसलाई सभापति बनाए पार्टी अझ बलियो हुन्छ भन्ने कुरा कार्यकर्तामै छाडिदिनुपर्ने उनको भनाई छ । ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन उनले भने, ‘मधेशी नै बने फरक पर्दैन् । तर यो कुरा कार्यकर्तामा निरभर हुन्छ ।’

अहिले पार्टी नै अस्तव्यस्त रहेको भन्दै उनले अहिले पार्टी व्यवस्थित गर्नकै लागि लडाइ लडिरहेको उल्लेख गरे । ‘यो पार्टी व्यवस्थित भएपछि लोकतन्त्र पनि व्यवस्थित हुन्छ’ उनले भने, ‘अहिलेको लडाइ भनेकै कांग्रेस व्यवस्थित गर्नु हो ।’

पार्टीको महाधिवेशन गर्ने मंसिर २४ देखि २६ सम्मको कार्यतालिका नै अन्तिम भएको भन्दै यो समयमा महाधिवेशन हुने बताए । ‘यो नै अन्तिम कार्यतालिका हो । यसमा फेरबदल हुँदैन् । तलमाथि हुन सक्दैन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077