Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनले नेपाली भूमि मिचेको दाबी गर्ने जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने !

काठमाडौं। चीन सरकारलाई नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चुनौती दिँदै आएका काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  सोमबार साँझ प्रदेशवासीको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका थिए ।

मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएपछि नेता शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको वताइएको छ।

कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले मुख्यमन्त्रीकै सहमतिअनुसार आफू मुख्यमन्त्री बन्ने बताएका छन्।

चीनको मुखपत्र ग्लोबल टाइम्सले हुम्लामा चीनले सीमा मिचेको भनेर ‘गलत हल्ला’ फैलाउन शाहीसहितको शक्ति सक्रिय रहेको आरोप लगाएपछि नेता शाहीले विज्ञप्ति नै जारी गरे खण्डन गरेका थिए ।

जीवनबहादुर शाही भारतीय दुताबासको योजनामा चल्ने गरेको भन्दै चीनले आरोप लगाएको थियो।

शाही मुख्यमन्त्री बने भने सिमामा चीनसँगको बिबाद झनै बढ्ने अवस्था देखिएको छ।

गत बर्ष शाहीले चीनको आरोपलाई यसरी जवाफ दिएका थिए। -

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077