Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देउवा र मोदीबीच भेट, मोदीले शेयर गरे यस्तो तस्वीर

    देउवा र मोदीबीच भेट, मोदीले शेयर गरे यस्तो तस्वीर

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ। कोप- २६ मा भाग लिन स्कटल्यान्डको ग्लास्गोमा पुगेका दुई देशका कार्यकारी प्रमुखबीच भेट भएको हो।

    कोप- २६ मा भारतीय प्रधानमन्त्री मोदीले भारत जस्ता विकासोन्मुख देशका लागि जलवायु परिवर्तन ठूलो चुनौती भएको बताएका छन्।



    उनले भने, “विश्वभर जलवायु परिवर्तनको चर्चामा जति महत्त्व न्यूनिकरणलाई मिलेको छ त्यति अनुकूलनलाई मिलेको छैन। यो विकाशोन्मुख राष्ट्रका लागि अन्याय हो जुन देशहरु जलवायु परिवर्तनबाट बढी प्रभावित भएका छन्।’’



    “भारत लगायत सबै विकासोन्मुख देशहरूमा जलवायु परिवर्तन ठूलो चुनौती हो। बाली ढाँचामा परिवर्तन भइरहेको छ। अविरल वर्षा र बाढीको सामना भइरहेको छ।’

    उनले भने, ‘‘यस विषयमा मेरो तीनवटा धारणा छ, हामीले अनुकूलनलाई हाम्रा विकास नीति र आयोजनाको अभिन्न अंग बनाउनुपर्छ।

    भारतमा नलदेखि जल, स्वच्छ भारत मिशन र उज्ज्वला जस्ता परियोजनाहरूले हाम्रा खाँचोमा परेका नागरिकहरूलाई अनुकूलन लाभहरू मात्र दिएका छैनन्, उनीहरूको जीवनस्तरमा पनि सुधार भएको छ।

    धेरै परम्परागत समुदायहरूमा प्रकृतिसँग मेलमिलापमा बाँच्ने ज्ञान छ। हाम्रा अनुकूलन नीतिहरूमा यी कुराहरूलाई उचित महत्त्व दिइनुपर्छ। यसलाई विद्यालयको पाठ्यक्रममा पनि समावेश गरिनुपर्छ।

    अनुकूलनका विधि स्थानीय होस्, पिछडिएका देशहरूले यसका लागि विश्वव्यापी सहयोग लिनुपर्छ।

    भारतले स्थानीय अनुकूलनका लागि विश्वव्यापी सहयोगका लागि विपद् प्रतिरोध पूर्वाधार पहलका लागि गठबन्धन सुरु गरेको थियो। म सबै देशहरूलाई यो पहलमा सामेल हुन अनुरोध गर्दछु।’’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार