Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चार वर्षपछिको पुनः मतगणनामा जितेका वडाध्यक्षद्वारा पदभार ग्रहण

जनकपुरधाम । अदालतले दिएको आदेशपछि भएको पुनः मतगणनामा विजयी भएका महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्वर १० का अध्यक्ष रामेशकुमार रायले पदभार ग्रहण गरेका छन् ।

मनरा स्थित नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक समारोहमा मेयर संजयकुमार सिंहले वडाध्यक्ष रायलाई पदभार ग्रहण गराएका हुन । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष रायले ढिलै भएपनि सत्यको विजय भएको छ, न्यायालयले जनताको मतको सम्मान गरेको बताए ।

२०७४ साल असोज २ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेका राय तथा नेपाली कांग्रेसका अरुणकुमार चौधरी बीच प्रतिस्पर्धा भएको थियो । सो बेला मतगणना हुँदा दुबैको मत बराबर रहेको भन्दै गोलाप्रथाबाट अरुण चौधरीलाई बिजयी घोषणा गरिएको थियो ।

रायको अनुपस्थितिमै गोलप्रथा गरी चौधरीलाई बिजयी घोषणा गरेपछि रायले पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । पुनरावेदन अदालत जनकपुरधामले उनको मुद्दामा सुनुवाई गर्दै पुन: मतगणना गर्न आदेश जारी गरेको थियो ।

सो आदेशको विरुद्ध अरुणकुमार चौधरी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पुनरावेदनको आदेशलाई जस्ताको तयस्तै सदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको थियो ।

अदालतको आदेशानुसार गत कार्तिक ७ गते पुनरावेदन अदालत जनकुपरधामकै परिसरमा पुनः मतगणना हुँदा चौधरीको भन्दा रायको दुई मत बढि आए पछि चौधरीको पद खारेज भएको थियो । पुनः मतगणनामा रायले २ सय ६८ र चौधरीले २ सय ६६ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077