Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेतोपट्टीमा प्रदर्शन गर्ने अधिवक्ताहरूलाई प्रलोभनमा नफस्न दाहालको आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले सेतोपट्टी लगाएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उत्रिएका अधिवक्ताहरूलाई प्रलोभनमा नफस्न आग्रह गरेका छन् ।

मंगलबार नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा बोल्दै अधिवक्ता दाहालले जबराको पक्षमा उत्रिएका अधिवक्ताहरूलाई प्रलोभनमा नफस्न आग्रह गरेका हुन्।

गत आइतबार सर्वोच्चका केही अधिवक्ताहरुले सेतोपट्टी बाँधेर प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेका थिए। यस्तै, अधिबक्ता दाहालले बेन्चमा सेटिङ भएको र संवैधानिक इजलासलाई पनि बन्दी बनाइएको आरोप लगाए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दाहालले भने, ‘प्रधानन्यायाधीश र न्यायाधीशबीच संवाद हुन सकेको छैन । हामीभन्दा बढी न्यायाधीशहरू सकसमा छन् । न्यायमा निष्पक्षता भएन । बेन्च सेटिङ भयो । संवैधानिक इजलासलाई बन्दी बनाइयो ।’

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर १९ जना न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् भने सोही माग राखेर नेपाल बार एसोसिएसन पनि आन्दोलनमै छ ।

कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराइएको प्रधानन्यायाधीश जबरामाथि उनीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077