Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रामचन्द्र पौडेलद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

काठमाडौं । पछिल्लो समय दिनहुँ विवादित बन्दै गएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख खोलेका छन् ।

मंगलबार नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानन्यायाधीश जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन सुझाव दिएका छन्।

कार्यक्रममा पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे ।

प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने बताएका हुन् ।

कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराइएको प्रधानन्यायाधीश जबरामाथि उनीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077