Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ‘मुन्द्रेको कमेडी क्लब’ किन बन्द हुँदैछ ?

    ‘मुन्द्रेको कमेडी क्लब’ किन बन्द हुँदैछ ?

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 2K
    SHARES

    काठमाडौं । हास्य कलाकार जीतु नेपालले चलाइरहेको कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। जीतुले आफ्नै चाहनाअनुसार शो बन्द गर्न लागेको बताइएको छ।

    एउटै फर्म्याटमा लामो समयदेखि कार्यक्रम चल्दै आएकोले दर्शकलाई मोनोटोनस हुन सक्ने देखेर बन्द गर्न लागेको जीतु नेपालले बताएका छन्। ‘अहिलेको रियालिटी शो भनिएको कार्यक्रम २६–२७ भागमा सकिने गरेको छ। हाम्रो लामो भयो’ नेपालले भने, ‘हाम्रो टिम वर्कमा पनि गडबढी भएको हो।’



    प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोमा करिश्मा मानन्धर, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहदै आएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार