Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार नै प्रदेश प्रमुख कलौनीले अर्को सरकार गठनका लागि मंगलबार राति ७ः३० बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

कांग्रेस नेता जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका समेत गरी २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

उनले नेकपा माओवादीका १२, कांग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सहित २१ जना सांसदको समर्थनमा मंगलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहीले मंगलबार नै शपथ लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077