Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शाहीलाई मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।

कांग्रेस नेता शाहीलाई प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बेलुका नै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शपथ ग्रहण समारोहमा प्रदेशका सभामुख राजबहादुर शाही, निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसदहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077