Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • न्यायाधीशलाई झुक्याउँदै प्रधानन्यायाधीश ! राजीनामा नै जबराको अन्तिम विकल्प भएको ठहर

    न्यायाधीशलाई झुक्याउँदै प्रधानन्यायाधीश ! राजीनामा नै जबराको अन्तिम विकल्प भएको ठहर

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूहरुलाई झुक्याउने काम गरेको निष्कर्षमा न्यायाधीशहरु पुगेका छन्। जबराले सम्मानजनक बहिर्गमनका नाममा समय बिताउन खोजेको न्यायाधीशहरुको ठहर छ।

    जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि तीन न्यायाधीशले प्रधानन्यायाधीश जबरासँग दुई दिनसम्म छलफल गरे। सोही छलफलपछि ती न्यायाधीशले जबराले छलकपटको खेल शुरु गरेको आरोप लगाएका छन्।



    इजलासमा एक्लै बसेर मुद्दाको सुनुवाइ गरिरहेका प्रधानन्यायाधीश जबराले सोमबार आफूलाई मुद्दा तोकेनन् भने ६ दिनदेखि इजलास नगएका न्यायाधीशहरू पनि बन्दीप्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ गर्ने सर्तमा इजलास गए।



    प्रधानन्यायाधीश जबराले पठाएको प्रस्तावबारे बुझ्न बाँकी न्यायाधीशहरूले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई जिम्मा दिएका थिए। जबरासँगको छलफपछि मंगलबार न्यायाधीशहरुलाई यसबारे जानकारी गराइएको थियो।

    वार्ताका क्रममा जबराले कुनै ठोस प्रस्ताव नराखेको बताइएको छ। सर्वोच्चका एक न्यायाधीशले आइतबार साँझ, सोमबार र मंगलबारका छलफलबाट मुलुकको सर्वोच्च न्यायालयमा देखिएको संकट समाधानका लागि प्रधानन्यायाधीश जबराका तर्फबाट कुनै पहल नदेखिएको र उनले नछाडेसम्म समाधान हुन्छ भन्नेमा आफू विश्वस्त हुन नसकेको बताएका छन्।

    प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग राजनीतिक सौदाबाजी गरेको, न्यायिक विचलन देखिएको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरू उनलाई न्यायिक नेतृत्वका रूपमा स्वीकार गर्न नसक्ने अडानमा छन्।

    जबराले संवैधानिक न्याय प्रणालीलाई नेतृत्व दिन नसकेको, न्यायिक क्षेत्रको नेतृत्वकर्ताका रूपमा विश्वसनीयतामा ह्रास आएको र त्यसले अदालतप्रतिको जनआस्थामा समेत गम्भीर क्षति पुगेको भन्दै सर्वोच्च अदालतकै न्यायाधीशहरू ९ कात्तिकदेखि इजलासमा गएका छैनन्।

    न्यायाधीशहरु अब जबराको राजीनामा विकल्प केही नहुने निष्कर्षमा पुगेका छन्। नेपाल बार एसोसियनले पनि जबराले राजीनामा नै दिनुपर्ने बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार