Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तालीबानले कब्जा गरेको काबुलमा आईएसको आक्रमण, २० जना बढीको मृत्यु

एजेन्सी । तालीबानले अफगानिस्तान कब्जा गरेसँगै हत्या र हिंसाका घटनाहरु दिनप्रतिदिन बढीरहेका छन् । एकदमै कट्टर शाशन सञ्चालन गर्दै आएको तालीबानमाथि नै चुनौती दिनेगरी आक्रमणका घटनाहरु भइरहेका छन् ।

पछिल्लो समय राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ ।

दुई ओटा बिस्फोट भएकोमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए । १५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077