Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी बिना जनताले सुख नपाउने प्रचण्डको दाबी (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी देशकै ठूलो पार्टी बन्ने र नेतृत्व लिने ठाउँमा पुग्ने दाबी गरेका छन् ।

बिहीबार बिहान नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वकाे उपलक्ष्यमा नेवा:मुक्ति माेर्चा केन्द्रीय समितिद्वारा आयाेजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले देशभर माओवादीका संगठनले गति दिन थालेको दाबी गर्दै भने, 'जनतामा उभार आउन थालेको छ, प्रतिक्रियावादी भित्रभित्र आत्तिन थालेका छन्, नयाँ संकल्प र एकतासहित अगाडि बढ्छौं, आगामी चुनावमा देशको नेतृत्व लिने ठाउँमा पुग्छौं', प्रचण्डले भने।

यस्तै, कार्यक्रममा प्रचण्डले प्रतिक्रियावादी माओवादीलाई कमजोर नपारेसम्म देशले सुख नपाउने भन्दै लागिपरेको बताए । उनले माओवादी बिना जनताले सुख नपाउने भएकाले माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077