Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्डको दुखेसो: माओवादीलाई काम न काजका गुण्डाहरुले पनि हेपे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अवसरवादीहरु हावी हुँदा गुण्डाहरुले पनि हेप्ने दिन आएको दुखेसो पोखेका छन् ।

बिहीबार नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वकाे उपलक्ष्यमा नेवा:मुक्ति माेर्चा केन्द्रीय समितिद्वारा आयाेजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अवसरवादीहरु हावी हुँदा माओवादीलाई काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्ति प्रकृयामा आएपछि पार्टीमा विकृति भित्रियो, हाम्रा कमरेडहरु पनि अरु जस्तै विग्रन थाले, यस्तो अवस्थामा पार्टी कजोर भयो, कम्जोर हुँदा काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आयो, अब त्यस्तो हुँदैन ।’

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी निर्वाचनमा माओवादी देशकै ठूलो पार्टी बन्ने र नेतृत्व लिने ठाउँमा पुग्ने दाबी गरे। 'जनतामा उभार आउन थालेको छ, प्रतिक्रियावादी भित्रभित्र आत्तिन थालेका छन्, नयाँ संकल्प र एकतासहित अगाडि बढ्छौं, आगामी चुनावमा देशको नेतृत्व लिने ठाउँमा पुग्छौं’, प्रचण्डले भने।

कार्यक्रममा प्रचण्डले प्रतिक्रियावादी माओवादीलाई कमजोर नपारेसम्म देशले सुख नपाउने भन्दै लागिपरेको बताए । उनले माओवादी बिना जनताले सुख नपाउने भएकाले माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ।

साथै, उनले देशभर माओवादीका संगठनले गति दिन थालेको दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077