Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पहिलोपटक यौनसम्पर्क गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

    पहिलोपटक यौनसम्पर्क गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । मानव जीवनको अनेकौं आवश्यकताभित्र यौन पनि पर्छ। तर नेपाली समाजमा यौनका विषय खुलेर बहस गर्न अवस्था सिर्जना भइसकेको छ।

    तर स्वास्थ्य क्षेत्रका जानकारहरु यौनका विषयमा राम्रो ज्ञान भएमा विभिन्न समस्याहरुबाट मुक्त हुन सकिने बताउँछन्। उनीहरुका अनुसार यौनका विषयमा बहस, परामर्श हुन जरुरी छ।
    पहिलोपटक कसैसँग शारिरीक सम्बन्ध बनाउँदै गर्दा मनमा विभिन्न कौतुहलता हुनु स्वभाविक हो। यौन जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् ।



    यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो पटकको सेक्सको बारेमा हामी केहि जानकारी दिन्छौँ । यहाँ पहिलोपटक सम्बन्ध बनाउँदै गर्दा ध्यान दिनुपर्ने ९ कुराहरुबारे उल्लेख गरिएको छ।
    १. यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।



    २. यदि तपाईं आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो सेक्स अनुभव राम्रो नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।

    ३. महिलाहरुले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ ।

    ४. महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस् र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने समय खेर जानेछ ।
    ५. धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ ।

    ६. विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।

    ७. पहिलो पटकको सेक्स पीडादायक हुन्छ। पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ ।

    ८. यदि तपाईं पोर्नमा देखेजस्ता सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो कुराहरु झुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।

    ९. पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार