Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदिराले लठ्ठिएर हतियारसहित हो-हल्ला गर्दै हिड्ने सेनाका मेजर प्रहरी हिरासतमा

कैलाली । इलाका प्रहरी कार्यालय चिसापानीले मदिरा सेवन गरेर हो-हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाही रहेका छन्।

स्रोतका अनुसार उनी मदिराको नशामा लठ्ठिएर स्थानीयलाई गालीगलौज गरिरहेको अवस्थामापक्राउ परेका हुन् ।

मदिराले लठ्ठिएर एक स्थानीय होटलभित्र छिरेका शाहीले होटल सञ्चालकलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयास समेत गरेको प्रहरी स्रोतको भनाइ छ।

रातको समयमा हतियारसहित निस्केका शाहीले सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेका थिए । उनले केही व्यक्तिलाई हातपात समेत गरेको बताइएको छ।

यस बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077