Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेतोपट्टीमा विरोध गर्नेहरुले भने- राजीनामाले हुँदैन, महाअभियोग लगाऔं

काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीमा आबद्ध वकिलहरुले नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारले गरेको आन्दोलन अपूर्ण भएको भन्दै उनीहरुले भोली मंगलबार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका हुन्।

यसअघि पनि उनीहरुले सेतोपट्टी बाधेर प्रधानन्यायाधीशको राजीनामाले मात्र समस्या समाधान नहुने बताउदै आएका थिए । प्रधानन्यायाधीशको राजीनामा भन्दा पनि महाअभियोग लगाएर कारबाही गर्नुपर्ने उनीहरुको माग छ।

उनीहरुले न्यायालयमाथिको राजनीतिक हस्तक्षेपको विरोधमा संघर्ष जारी रहने जनाएका छन् ।

'बारको आन्दोलन अपूर्ण छ,  यसलाई पूर्ण बनाउन लागि मंगलबारबाट तालावन्दीसहित विरोध गर्छौं,' स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानका महासचिव कृष्ण प्रसाईले भने।


यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । तर जबराले अहिलेसम्म पनि राजीनामा दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077