Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट : अर्जेन्टिनाले यस महिना २ खेल खेल्दै, कहिले कोसँग हुँदैछ महाभिडन्त ?

एजेन्सी । विश्वकप छनोट खेलमा अर्जेन्टिनाले नोभेम्बर महिनामा २ खेलहरु खेल्दैछ। यो महिनाको पहिलो खेलमा उसले आगामी शनिबार (नोभेम्बर १३) मा पाराग्वेको सामना गर्दैछ।

उक्त खेल नेपाली समयअनुसार बिहान ४ः४५ बजे शुरु हुनेछ। त्यसैगरी यो महिनाको दोस्रो खेलमा अर्जेन्टिनाले ब्राजिलको सामना गर्नेछ। उक्त खेल नोभेम्बर १७ तारिख बुधबारका दिन हुनेछ। नेपाली समयअनुसार खेल बिहान ५ः१५ मा शुरु हुनेछ।

आगामी वर्षको जनवरी २७ मा अर्जेन्टिनाले चिलिको सामना गर्नेछ। फेब्रुअरीमा कोलम्बियासँग खेल्नेछ भने मार्चमा भेनेजुएला र इक्वीडरसँग खेल्नेछ।

दक्षिण अमेरिकी छनोटको अंक तालिकामा ब्राजिल शीर्षस्थानमा रहेको छ। ११ खेल खेलेको ब्राजिलले १० जित र एक बराबरीबाट ३१ अंक जोडेको छ।

अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ। उसले ११ खेलमध्ये ७ खेल जितेको छ भने ४ खेलमा बराबरी गर्दै २५ अंक जोडेको छ। १२ खेलबाट १७ अंक जोडेको इक्वीडर तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077